Dhulikhel Eco Banner new

सुन तोलाको ३०० रुपैयाँले बढ्दा चाँदी ५० रुपैयाँले घट्यो

832
shares

काठमाडौं,१२ कार्तिक। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदी ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।