लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, ५ प्रतिशत बोनस शेयर दिने
वि.सं.२०८३ कात्तिक १२ बिहीवार ११:३२
806
shares
shares

काठमाडौं,१२ कार्तिक। लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।




















