Dhulikhel Eco Banner new

सरकारले निःशुल्क प्रॉम्प्ट इन्जिनियरिङ तालिम दिने

312
shares

काठमाडौं,१२ कार्तिक। सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी सीप विकास गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रॉम्प्ट इन्जिनियरिङसम्बन्धी तालिम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो । मन्त्रालयले बुधबार एक भिडियो सार्वजनिक गर्दै तालिमबारे जानकारी दिएको छ ।

प्रॉम्प्ट इन्जिनियरिङ भनेको च्याटजीपीटीजस्ता एआई उपकरणबाट उपयोगी र सटीक जवाफ प्राप्त गर्न स्पष्ट निर्देशन तथा प्रश्न तयार गर्ने सीप हो । पछिल्लो समय एआईको प्रयोग बढ्दै गएकाले यसको प्रभावकारी उपयोगका लागि यस्तो सीप महत्त्वपूर्ण मानिन्छ ।

मन्त्रालयले तालिम कहिलेदेखि सुरु हुने र इच्छुक व्यक्तिले कसरी सहभागी हुन आवेदन दिने भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।