कञ्चनपुरमा ३ लाख ७० हजार रुपैयाँका पटाका बरामद
वि.सं.२०८३ कात्तिक १२ बिहीवार ११:२०
468
shares
shares

काठमाडौं,१२ कार्तिक। सशस्त्र प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाबाट ३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरका पटाका बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा ल्याइएका ७ हजार ४०० प्याकेट पटाका बुधबार बिहान गस्तीका क्रममा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
नगरपालिकास्थित चार लेनको पुलनजिकै छाडिएको अवस्थामा उक्त पटाका बरामद गरिएको हो ।




















