चितवनमा तीन महिनादेखि चालक अनुमतिपत्रको परीक्षा ठप्प, हजारौँ सेवाग्राही प्रभावित
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १२:१२
shares

काठमाडौं,१२ कार्तिक। चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक ९ट्रायल० परीक्षा तीन महिनादेखि बन्द हुँदा चितवनसहित आसपासका जिल्लाका हजारौँ सेवाग्राही प्रभावित भएका छन्।
सर्वोच्च अदालतको आदेशपछि गत १० साउनदेखि परीक्षा सञ्चालन हुन नसकेको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार निजी ट्रायल सेन्टरमा सञ्चालन हुँदै आएको सेवासम्बन्धी विवादका कारण परीक्षा प्रक्रिया रोकिएको हो।
परीक्षा बन्द हुँदा पुनःपरीक्षा ९रि–ट्रायल० दिन प्रतीक्षारत करिब ८०० सेवाग्राही प्रभावित भएका छन्। त्यसैगरी, साप्ताहिक रूपमा रि–ट्रायल दिने तथा नियमित परीक्षामा सहभागी हुने गरी करिब दुई हजार सेवाग्राहीले सेवा लिन पाएका छैनन्।
पौडेलका अनुसार सम्बन्धित ट्रायल सेन्टरको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि परीक्षा सञ्चालन अवरुद्ध भएको हो। तर, बोलपत्र आह्वानका लागि मन्त्रालयबाट आवश्यक निर्देशन नआएकाले प्रक्रिया अगाडि बढाउन नसकिएको उनले बताए।
‘मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन,’ पौडेलले भने।
कार्यालयले हाल सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न नसके पनि सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायतका सेवा प्रदान गर्दै आएको छ।
ट्रायल सेन्टर सञ्चालनमा रहेका बेला एक पटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने गरेका थिए। परीक्षा लामो समयदेखि बन्द रहँदा सेवाग्राहीले अनुमतिपत्र प्राप्त गर्न तथा पुनःपरीक्षा दिन समस्या भोगिरहेका छन्।




















