घलेम्दी हाइड्रोको शेयर सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १५:१३
shares

काठमाडौं,१२ कार्तिक। साताको कारोबार हुने बिहीबार शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको दिन कुल ८ अर्ब ५५ करोड ८० लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आजको कारोबारमा घलेम्दी हाइड्रो लिमिटेड सबैभन्दा अगाडि रहेको छ । कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार ५०५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ३३५ रुपैयाँ रहेको छ ।
त्यस्तै, सिद्धार्थ बैंक लिमिटेडको २५ करोड ३८ लाख ३९ हजार २८९ रुपैयाँ ४० पैसा, लक्ष्मी सनराइज बैंक लिमिटेडको २४ करोड २७ लाख ९२ हजार ९०५ रुपैयाँ १० पैसा र कुमारी बैंक लिमिटेडको २३ करोड ५९ लाख ५५ हजार ४३३ रुपैयाँ २० पैसा बराबरको शेयर कारोबार भएको छ ।
यसैगरी, ग्रीन भेन्चर्स लिमिटेडको २३ करोड १८ लाख ७२ हजार १०४ रुपैयाँ ५० पैसा, सोलु हाइड्रोपावर लिमिटेडको १९ करोड ३५ लाख २ हजार ७७८ रुपैयाँ ९० पैसा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको १८ करोड ७४ लाख ६३ हजार ९०५ रुपैयाँ ७० पैसा बराबरको शेयर किनबेच भएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडको १८ करोड २१ लाख ९८ हजार ५२६ रुपैयाँ ४० पैसा, सानिमा बैंक लिमिटेडको १७ करोड ५० लाख ५० हजार २७७ रुपैयाँ ५० पैसा र बुटवल पावर कम्पनी लिमिटेडको १६ करोड २६ लाख ४० हजार ४४३ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ ।




















