Dhulikhel Eco Banner new

चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौंको आकाश धुम्म, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

598
shares

काठमाडौं,१२ कार्तिक।  छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा समेत देखिएको छ । यसको प्रभावले देशका विभिन्न क्षेत्रमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना बढेको छ ।

बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा आकाश धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभाव शनिबारसम्म रहने अनुमान गरिएको छ । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने अनुमान छ ।

मौसम प्रतिकूल हुँदा बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्नुका साथै हवाई तथा सडक यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।