बजाज इलेक्ट्रिक तीनपाङ्ग्रेमा ५० हजार छुट, एक्सचेन्जमा थप ३० हजारसम्म मूल्याङ्कन सुविधा
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:३६
shares

काठमाडौं,१३ कार्तिक। बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली बजारमा बजाज आरईभी (Bajaj RE EV) इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ।
‘चाडपर्वको बहार, बजाज आरईभीमा ५० हजार!’ नारासहित सार्वजनिक गरिएको योजनाअन्तर्गत ग्राहकले नयाँ बजाज आरईभी खरिद गर्दा ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज आरईभी खरिद गर्ने ग्राहकले ३० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि पाउनेछन्। यससँगै सवारीसाधनमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध गराइएको छ।
ग्राहकलाई खरिद प्रक्रिया सहज बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) लाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरेको छ। यसअन्तर्गत ३६ महिनासम्मको ईएमआई सुविधासहित सहज फाइनान्सको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
बजाज आरईभी इलेक्ट्रिक तीनपाङ्ग्रेमा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (LFP) ब्याट्री प्रविधि र आरामदायी यात्राको सुविधा रहेको छ। कम सञ्चालन खर्च यसको अर्को विशेषता हो।
कम्पनीका अनुसार बजाज आरईभीले पूर्ण चार्जमा करिब १३० देखि १४० किलोमिटरसम्मको व्यावहारिक रेन्ज प्रदान गर्छ। यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिसमेत समावेश छन्।
यी सुविधाले विशेषगरी दैनिक व्यावसायिक प्रयोजनका लागि सवारीसाधनलाई सहज, सुरक्षित र भरपर्दो बनाउने कम्पनीको विश्वास छ।
योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्त तथा उपलब्धताबारे बुझ्न ग्राहकले नजिकैको आधिकारिक बजाज तीनपाङ्ग्रे शोरुममा सम्पर्क गर्न सक्नेछन्।




















