नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने, कुन सवारीलाई कति ?
वि.सं.२०८३ कात्तिक १५ आइतवार १०:०६
shares

काठमाडौं, १५ कार्तिक। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक उपयोग शुल्क (टोल शुल्क) तिर्नुपर्ने भएको छ । सवारीसाधनको प्रकारअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ ।
निर्धारित शुल्कअनुसार कार तथा साना सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनी बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
बस तथा ट्रकका लागि भने काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी, ठूला ट्रक तथा निर्माण उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ सडक उपयोग शुल्क तिर्नुपर्नेछ ।
नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको वर्गीकरणअनुसार शुल्क फरक हुने भएकाले चालक तथा यातायात व्यवसायीले सोहीअनुसार शुल्क बुझाउनुपर्नेछ ।



















