कामना सेवा मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई
वि.सं.२०८३ कात्तिक १५ आइतवार १५:२३
shares

काठमाडौं, १४ कात्तिक । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नाफिजबीच भएको खेलमा अंक तालिकाका आधारमा नाफिजले उपाधी जितेको हो ।
त्रिपक्षीय खेलमा एक खेल बराबरी र एक खेलमा जित निकाल्दै नाफिज पहिलो बन्दा सेजन र इमान एक खेलमा हार र एक खेलमा जित निकाल्न ु त्तसफल भएका थिए ।
नाफिजले सेजनालाई १–० गोल अन्तरले हराउदै अंक तालिकाको शिर्ष स्थानमा पुगेको थियो । दोस्रो खेलमा भने इमानसँग नाफिज बराबरीमा रोकियो । इमानसँग बराबरीमा रोकिए पनि २ खेलबाट शिर्ष अंक जुटाएकाले नाफिज विजेता घोषित भएको हो ।
यसैगरी इमान र सेजनबीच भएको मैत्रीपूर्ण खेलमा भने सेजन विजेता बनेको छ । इमानले गोल गर्न पाएको पटक पटकको अवसरलाई स्कोरमा परिणत गर्न नसक्दा सेजन १–० गोल अन्तरले विजयी बनेको हो । पहिलो हाफको अन्तिम समयमा सेजनका पूर्व सचिव कृष्ण रिजालले गरेको गोल नै निर्णायक बन्यो ।
कामना सेवा विकास बैंकको आयोजनामा हरेक वर्ष बैंकहरुबीच फुटसल टुर्नामेन्ट हुँदै आएको छ । यस टुर्नामेन्टमा यसपाली पनि विभिन्न बैंक बीमा कम्पनीहरुका २० वटा टिम सहभागी छन् । यसपाली भने कामना सेवाले आर्थिक मिडिया सञ्चालकको १ संस्था र आर्थिक पत्रकारका २ संस्थालाई मैत्रीपूर्ण फुटसल खेलाएको हो ।
मैत्रीपूर्ण फुटसलमा सहभागी इमान आर्थिक मिडिया सञ्चालकहरुको छाता संस्था हो भने सेजन आर्थिक पत्रकारहरुको पुरानो सकृय संस्था र नाफिज कृयाशिल आर्थिक पत्रकारहरुको संस्था हो ।



















