Dhulikhel Eco Banner new

नेपालमा विश्वकै अग्लो बन्जी जम्प निर्माण गर्ने तयारी, ४ अर्ब २५ करोड लगानी प्रस्ताव

741
shares

काठमाडौं, १५ कार्तिक। नेपालमा विश्वकै अग्लो बन्जी जम्प निर्माण गर्ने तयारी गरिएको छ । द क्लिफ ग्रुपले साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ४ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको हो ।

कम्पनीका अनुसार काठमाडौंनजिकै ३५६ मिटर उचाइको बन्जी जम्प निर्माण गर्ने योजना छ । प्रस्तावित बन्जी जम्प सञ्चालनमा आएमा यो विश्वकै अग्लो ‘फुट टेथर्ड बन्जी जम्प’ हुने कम्पनीको दाबी छ ।

यस परियोजनामार्फत नेपालमा साहसिक पर्यटनको नयाँ गन्तव्य विकास गर्ने लक्ष्य राखिएको छ । बन्जी जम्पसँगै साहसिक पर्यटनसँग सम्बन्धित अन्य पूर्वाधार तथा गतिविधिमा समेत लगानी गर्ने कम्पनीको योजना छ ।

नेपाल प्राकृतिक सौन्दर्य र भौगोलिक विविधताका कारण साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ । बन्जी जम्प, प्याराग्लाइडिङ, र्‍याफ्टिङ तथा पर्वतारोहणजस्ता गतिविधिले विदेशी पर्यटक आकर्षित गर्दै आएका छन् ।

३५६ मिटर अग्लो बन्जी जम्प निर्माणको योजना कार्यान्वयन भएमा नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा थप पहिचान दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।