Dhulikhel Eco Banner new

करदाता प्रोत्साहन पुरस्कारको नतिजा भोलि सार्वजनिक हुँदै, १६ जनाले पाउने पुरस्कार

741
shares

काठमाडौं, १५ कार्तिक। सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता घोषणा गर्न आवश्यक प्राविधिक तयारी पूरा गरेको छ। कार्यक्रमअन्तर्गतको नतिजा भोलि सार्वजनिक गरिने भएको छ।

कार्तिक १ गतेदेखि १५ गतेसम्म भएका कारोबारका आधारमा कुल १६ जना विजेता छनोट गरिनेछ। तीमध्ये एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको मुख्य पुरस्कार प्राप्त गर्नेछन् भने अन्य १५ जनाले जनही एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

करदातालाई औपचारिक माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्ने तथा कर अनुपालनको संस्कार विकास गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमले कारोबारलाई औपचारिक प्रणालीमा आबद्ध गराउन र कर प्रणालीप्रतिको सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।