Dhulikhel Eco Banner new

गाँजाको औषधीय तथा औद्योगिक प्रयोग नियमन गर्न सरकारलाई सर्वोच्चको तीन महिनाको समयसीमा

377
shares

काठमाडौं, १६ कात्तिक। सर्वोच्च अदालतले गाँजाको औषधीय प्रयोग, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित उपयोगको व्यवस्था गर्न नेपाल सरकारलाई तीन महिनाको समयसीमा दिएको छ ।

अदालतले गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन, बिक्री तथा वितरणलाई व्यवस्थित गर्न इजाजतपत्र (लाइसेन्स) प्रणाली लागू गर्नसमेत सरकारका नाममा निर्देशन दिएको छ ।

त्यसैगरी गाँजाको आयात तथा निर्यातलाई पनि नियमन गर्ने आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न अदालतले भनेको छ ।

गाँजासम्बन्धी विद्यमान कानुनी प्रावधान कार्यान्वयनमा सरकारले झन्डै पाँच दशकदेखि निष्क्रियता देखाउँदै आएको विषयलाई सर्वोच्च अदालतको आदेशले पुनः उजागर गरेको छ ।

अदालतको यो आदेशसँगै नेपालमा गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगलाई नियमन गर्दै सम्भावित व्यावसायिक उत्पादनको बाटो खुल्ने अपेक्षा गरिएको छ ।