सुनको मूल्य एकैदिन २ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ७४ हजार ३०० पुग्यो
वि.सं.२०८३ कात्तिक १६ सोमवार ११:०२
shares

काठमाडौं, १६ कात्तिक। नेपाली बजारमा सुन तथा चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ । कार्तिक १६ गते सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



















