Dhulikhel Eco Banner new

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

1.99K
shares

काठमाडौं, १७ कात्तिक। हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।