मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सूचीकृत
वि.सं.२०७९ असार ३० बिहीवार १७:३४
shares

काठमाडौं, ३० असार । मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा सूचीकृत भएको छ । बिहीबार यी दुई संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरको थियो ।
यस्तै आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२.६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९.६२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
दुबै लघुवित्तको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।


















