Dhulikhel Eco Banner new

आज करदाता प्रोत्साहन चिठ्ठा खुल्दै, एक जनाले १० लाख जित्ने

1.31K
shares

काठमाडौं, १ मंसिर ।सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा करबिल लिन प्रोत्साहित गर्ने उद्देश्यले आज करदाता प्रोत्साहन चिठ्ठा कार्यक्रम सञ्चालन गर्दैछ ।

चिठ्ठामार्फत १५ जना भाग्यशाली विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, एक जना विजेताले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन् ।

यस चिठ्ठामा कात्तिक १६ देखि ३० गतेसम्म जारी भएका योग्य करबिलहरू समावेश गरिनेछन् ।

सरकारले कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउँदै कर अनुपालन बढाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामान तथा सेवा खरिद गर्दा उपभोक्ताले आधिकारिक करबिल माग्ने बानीको विकास गराउनु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

करबिल लिने र दिने संस्कृतिको विकासले बजारमा हुने कर छली नियन्त्रण गर्न तथा राज्यको राजस्व संकलनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।