Dhulikhel Eco Banner new

होण्डाको दशैं योजनाका पहिलो तीन साताका विजेता सार्वजनिक

2.5K
shares

काठमाडौं, १ मंसिर । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं लक्षित ‘यो दशैं, आशाको सुरुवात’ अभियानअन्तर्गत सञ्चालन गरेको ‘होण्डा छ साथ साथ’ योजनाका पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना विजेता छनोट गरिएको छ। लक्की ड्रमार्फत छनोट भएका विजेताले १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन्।

पहिलो साताका विजेताहरूमा कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), मधेश प्रदेशबाट अफजल मियाँ (एक लाख रुपैयाँ), बागमती प्रदेशबाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), गण्डकी प्रदेशबाट विज्ञान लामा (१० हजार रुपैयाँ), लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), कर्णाली प्रदेशबाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र सुदूरपश्चिम प्रदेशबाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन्।

त्यसैगरी, दोस्रो साताका विजेतामा कोशी प्रदेशबाट विकासकुमार यादव (१० हजार रुपैयाँ), मधेश प्रदेशबाट सुन लामा (१० हजार रुपैयाँ), बागमती प्रदेशबाट राजु महर्जन (२५ हजार रुपैयाँ), गण्डकी प्रदेशबाट बलराम थापा (५० हजार रुपैयाँ), लुम्बिनी प्रदेशबाट पुष्पा थारू (१० हजार रुपैयाँ), कर्णाली प्रदेशबाट मानसिंह दाहाल (एक लाख रुपैयाँ) र सुदूरपश्चिम प्रदेशबाट विनिता पाठक (१० हजार रुपैयाँ)  रहेका छन्।

तेस्रो साताका विजेतामा कोशी प्रदेशबाट आशिष राई (५० हजार रुपैयाँ), मधेश प्रदेशबाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ) , बागमती प्रदेशबाट दिशान्त विष्ट (१० हजार रुपैयाँ), गण्डकी प्रदेशबाट मनोज घिमिरे (१० हजार रुपैयाँ), लुम्बिनी प्रदेशबाट दामोरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), कर्णाली प्रदेशबाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ) र सुदूरपश्चिम प्रदेशबाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) रहेका छन्।

कम्पनीले योजनाअन्तर्गत विजेताहरूलाई प्रदान गरिने पुरस्कार रकम बराबरकै थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। यसअनुसार विजेताले प्राप्त गर्ने रकमसँग बराबरको रकम कम्पनीले उक्त कोषमा योगदान गर्ने जनाएको छ।

स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सहभागितालाई ध्यानमा राख्दै योजना आगामी मंसिर १४ गते (नोभेम्बर ३०) सम्म विस्तार गरिएको जानकारी दिएको छ।

कम्पनीका अनुसार योजनामा सहभागी ग्राहकले सातै प्रदेशबाट सञ्चालन हुने साप्ताहिक लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।