Dhulikhel Eco Banner new

ललितपुरबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

1.66K
shares

काठमाडौं, १ मंसिर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित पक्राउ गरिएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।