नेप्से परिसूचक १२.७९ अंकले घट्यो, कारोबार ४ अर्ब ७३ करोड रुपैयाँ
वि.सं.२०८३ मंसिर १ मंगलवार १६:०४
shares

काठमाडौं, १ मंसिर । साताको कारोबारको मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ। म्युचुअल फण्ड उपसमूह ०.१२ प्रतिशतले बढेको छ। यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ।
मंगलबारको कारोबारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
यस दिन बजारमा कुल ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा नबिल डिबेन्चर सर्वाधिक कारोबार हुने धितोपत्र बनेको छ।
मंगलबारको कारोबारमा अधिकांश उपसमूहको परिसूचक घट्नुका साथै घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीको तुलनामा बढी रहेको छ।
















