Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

2.25K
shares

काठमाडौं, १ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा किनबेच भएको थियो।