Dhulikhel Eco Banner new

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् फलफूलदेखि माछासम्मको भाउ

1.01K
shares

काठमाडौं, २ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, हरियो सागसब्जी तथा माछाको मूल्य फरक–फरक कायम गरिएको छ ।

मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल र तराई) ४० रुपैयाँ कायम गरिएको छ । आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो (भारतीय) ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ रहेको छ । त्यस्तै, सुकेको भारतीय प्याज प्रतिकिलो ९५ रुपैयाँ तोकिएको छ ।

गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ रहेको छ । बन्दा (लोकल) ३० रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ र तराईको काउली २५ रुपैयाँ कायम गरिएको छ । रातो मूला र सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा (लाम्चो) ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ रहेको छ । तने बोडी प्रतिकिलो ९० रुपैयाँ र मकै बोडी ५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) ८० रुपैयाँ, हाइब्रिड घिउ सिमी ६० रुपैयाँ र राजमा घिउ सिमी १३० रुपैयाँ कायम गरिएको छ । टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ र भटमास कोसा १३० रुपैयाँ रहेको छ । तिते करेला ९० रुपैयाँ, लौका ७० रुपैयाँ, परबर (लोकल) ८० रुपैयाँ र तराईको परबर १०० रुपैयाँ तोकिएको छ ।

चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला र झिगुनी ७०/७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ र भिण्डी १३० रुपैयाँ कायम गरिएको छ । सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस २५ रुपैयाँ रहेको छ ।

सागसब्जी र च्याउको मूल्य

सागसब्जीतर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग १२० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ कायम गरिएको छ । हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ, बकुला १०० रुपैयाँ र तरुल १०० रुपैयाँ रहेको छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ तोकिएको छ । कुरिलो प्रतिकिलो ८०० रुपैयाँ रहेको छ ।

ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा १५० रुपैयाँ र जिरीको साग १५० रुपैयाँ कायम गरिएको छ । सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले २ हजार ८०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ र पुदिना ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, गान्टे मूला प्रतिकिलो १२० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ । रुख टमाटर प्रतिकिलो १५० रुपैयाँ रहेको छ ।

फलफूलको मूल्य

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (जुम्ला) ३०० रुपैयाँ र स्याउ (मुस्ताङ) २५० रुपैयाँ कायम गरिएको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ र अनार ४०० रुपैयाँ रहेको छ ।

नेपाली तथा भारतीय सुन्तलाको मूल्य १०० रुपैयाँ कायम गरिएको छ । हरियो तरबुजा प्रतिकिलो ८० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ र भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ ।

काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, हाइब्रिड काँक्रो ४० रुपैयाँ र लोकलक्रस काँक्रो ७० रुपैयाँ रहेको छ । निबुवा प्रतिकिलो ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ कायम गरिएको छ ।

अम्बा प्रतिकिलो २०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा २०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ रहेको छ । अमला प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ ।

यसैगरी, नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ कायम गरिएको छ । नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ रहेको छ ।

मसला, खुर्सानी र माछाको मूल्य

मसला तथा खुर्सानीतर्फ अदुवा प्रतिकिलो ९० रुपैयाँ र सुकेको खुर्सानी ५५० रुपैयाँ कायम गरिएको छ । हरियो खुर्सानी (लाम्चो) प्रतिकिलो ८० रुपैयाँ, बुलेट र माछे खुर्सानी १२०/१२० रुपैयाँ तथा अकबरे खुर्सानी २०० रुपैयाँ रहेको छ । भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ ।

हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, सुकेको लसुन (चाइनिज र नेपाली) २६०/२६० रुपैयाँ कायम गरिएको छ । सुकेको छ्यापी प्रतिकिलो २०० रुपैयाँ र हरियो छ्यापी २०० रुपैयाँ रहेको छ ।

माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ । ताजा माछामध्ये रहु प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।