Dhulikhel Eco Banner new

आइसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मणप्रसाद जैसी नियुक्त

2K
shares

काठमाडौं, २ मंसिर । आइसीएफसी फाइनान्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले नायव महाप्रबन्धक पदमा कार्यरत जैसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीले उनको नियुक्ति मंसिर २ गतेदेखि लागू हुने जनाएको छ।