यातायात विभागका महानिर्देशक पोखरेल पक्राउ
वि.सं.२०८३ मंसिर २ बुधवार २२:०३
2.09K
shares
shares

काठमाडौं, २ मंसिर । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्। श्रम मन्त्रालयमा कार्यरत रहँदाको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो।
तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई सिआइबीले पक्राउ गरेको हो । तत्कालीन मन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादब, तत्कालीन सचिव विनोद केसी, सहसचिव पोखरेल, अर्का सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङलाई सिआइबीले पक्राउ गरेको हो ।

















