शिलान्यासमा रिद्धि सिद्धिसँग, ५ ग्राम चाँदीको सिक्कासहित विशेष ‘शिलान्यास बक्स’
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३९
shares

काठमाडौं, ४ मंसिर । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष ‘Shilanyas Box’ प्राप्त गर्न सक्नेछन् ।
घर निर्माणको पहिलो चरण अर्थात् शिलान्यासलाई नेपाली परम्परा, आस्था र संस्कृतिसँग जोड्दै ग्राहकलाई आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विशेष ‘Shilanyas Box’ तयार गरिएको कम्पनीले जनाएको छ ।
योजनामा कसरी सहभागी हुने ?
यस योजनामा सहभागी हुन ग्राहकले उल्लेखित QR Code Scan गरी Registration Form मा आफ्नो विवरण भर्नुपर्नेछ । साथै, १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको VAT बिलसमेत अपलोड गर्नुपर्नेछ ।
योजनाका मुख्य सर्तहरू
१. प्रत्येक निर्माण साइटबाट एउटा मात्र Shilanyas Box प्राप्त गर्न सकिनेछ ।
२. कम्पनीका प्रतिनिधिहरू ग्राहकको निर्माण साइटमै उपस्थित भई Shilanyas Box तथा ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन् ।
३. योजनामा सहभागिताका लागि पेस गरिएको VAT बिलका आधारमा ग्राहकको सहभागिता प्रमाणीकरण गरिनेछ ।
मंसिर ४ देखि पुस ४ गतेसम्म योजना सञ्चालन
कम्पनीका अनुसार यो योजना २०८३ मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म लागू हुनेछ । उक्त अवधिमा रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकले योजनामा सहभागी हुन सक्नेछन् ।
रिद्धि सिद्धि सिमेन्टले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरलाई समेत विशेष बनाउने प्रयास गर्दै आएको जनाएको छ ।
‘गुणस्तरको नयाँ स्तर’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ ।
योजनामार्फत ग्राहकले आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई थप शुभ, विशेष र स्मरणीय बनाउन सक्ने कम्पनीले विश्वास लिएको छ ।
शुभ शिलान्यास, रिद्धि सिद्धिसँग !

















