मल्टीपर्पस फाइनान्सको ७ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १२:०६
shares

काठमाडौं, ४ मंसिर । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको ७ लाख २३ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ। उक्त शेयर कम्पनीका संस्थापक शेयरधनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको छ।
कम्पनीका अनुसार संस्थापक शेयर बिक्री गर्दा प्रचलित व्यवस्था बमोजिम पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन माग गरिएको छ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता विवरण खुलाएर आवश्यक निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा शेयर खरिदसम्बन्धी प्रक्रिया अघि बढाइनेछ।

















