Dhulikhel Eco Banner new

सन नेपाल लाइफले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने

897
shares

काठमाडौं, ४ मंसिर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। कम्पनीले उक्त योजना २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको योजनाअनुसार, बीमालेख व्यतित भएको मितिबाट दुई वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ।

कम्पनीका अनुसार उक्त छुट सुविधा प्रत्येक बीमालेखको सम्पूर्ण बीमा अवधिमा एकपटक मात्र उपलब्ध हुनेछ। यस योजनाअन्तर्गत छुट सुविधासहित पुनर्जागरण गरिएको बीमालेख बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा छुट दिइएको विलम्ब शुल्क बराबरको रकम समर्पण मूल्यबाट कट्टा गरिने व्यवस्था छ।

कम्पनीले विभिन्न कारणले व्यतित अवस्थामा रहेका बीमालेख पुनर्जागरण गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ। योजनामा सहभागी हुन योग्य बीमितहरूले निर्धारित अवधिभित्र आवश्यक प्रक्रिया पूरा गरी बीमालेख पुनर्जागरण गर्न सक्नेछन्।

यस योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीका नजिकका शाखा तथा उपशाखामा सम्पर्क गर्न सकिनेछ। साथै, कम्पनीले उपलब्ध गराएको विवरणअनुसार ९८०१२३४४४४ मा मोबाइल सम्पर्क, ०१-४५३६१२६ मा टेलिफोन, [email protected] मा इमेल तथा www.sunlife.com.np वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।