Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक : अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा

221
shares
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा निर्धारण गरिएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा कायम भएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार यी दररेटमा जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।