Dhulikhel Eco Banner new

नेपालका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाइने, एनपीएलका सबै टोलीले घरेलु मैदान पाउने

351
shares

काठमाडौं, ६ मंसिर । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका लागि देशका विभिन्न आठ सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारेको छ ।

सरकारको योजनाअनुसार विराटनगर, लुम्बिनी, सुर्खेत, धनगढी, कीर्तिपुर, पोखरा, जनकपुर र चितवनमा क्रिकेट रंगशाला निर्माण गरिनेछ । यससँगै एनपीएलका प्रत्येक टोलीले आफ्नै घरेलु मैदान पाउनेछन् ।

रंगशाला निर्माणका लागि आगामी तीन महिनाभित्र सम्झौता प्रक्रिया सम्पन्न गर्ने सरकारको लक्ष्य छ । यसअघि नै फाप्ला क्रिकेट रंगशाला निर्माणको काम अघि बढिसकेको छ ।

यी रंगशालाहरू निर्माण सम्पन्न भएपछि एनपीएललाई घरेलु तथा बाह्य मैदानमा खेलाइने होम एन्ड अवे (Home and Away) प्रणालीमा सञ्चालन गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ । छैटौँ संस्करणदेखि नै एनपीएलमा होम एन्ड अवे प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ ।

सरकारको यो योजनाले नेपाली क्रिकेटको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने र देशका विभिन्न क्षेत्रमा क्रिकेट गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।