Dhulikhel Eco Banner new

गणपूरक संख्या नपुगेपछि स्थगित गार्डियन माइक्रो लाइफको सभा मंसिर १२ मा, ५ सञ्चालक चुनिने

728
shares

काठमाडौं, ६ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले स्थगित भएको विशेष साधारणसभा पुनः बोलाएको छ । कम्पनीले आगामी मंसिर १२ गते विराटनगरमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो ।

यसअघि मंसिर ३ गतेका लागि बोलाइएको विशेष साधारणसभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीका अनुसार सभा मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजे सुरु हुनेछ ।

पुनः आह्वान गरिएको सभाको मुख्य एजेन्डा सञ्चालक निर्वाचन रहेको छ । सभाले संस्थापक शेयरधनी समूहबाट ४ जना र सर्वसाधारण शेयरधनी समूहबाट १ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले गत कात्तिक २७ गते शेयर दाखिला खारेज (बुक क्लोज) गरेको थियो । त्यसअनुसार कात्तिक २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीले मात्रै सभामा सहभागी हुन पाउनेछन् ।