Dhulikhel Eco Banner new

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकमा एन–ट्याग उपलब्ध

1.14K
shares

काठमाडौं, ६ मंसिर । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्याग (N–Tag)को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।

एन–ट्याग (N–Tag) एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । अर्थात्, एन–ट्यागको स्टिकर सवारीमा टाँसेपछि एन–ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्ग हुँदै यात्रा गर्न सकिनेछ । यसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनुका साथै यात्राको समयसमेत बचत गर्नेछ ।

ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकैको कुमारी बैंक शाखाबाट सहज रूपमा एन–ट्याग प्राप्त गर्न सक्नेछन् । साथै, N-Tag सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन एन–ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई “टोलमा नरोकिई, समय बचत र थप सहज यात्रा गर्न” कुमारी बैंकबाट आजै एन–ट्याग जडान गर्न आग्रह गरेको छ ।