कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई
वि.सं.२०८३ मंसिर ६ आइतवार १२:४६
shares

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइने भएको छ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको स्रोतले जनाएको छ। उक्त सिफारिसका आधारमा राष्ट्रपतिबाट जिम्मेवारी तोकिनेछ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा अर्थ र परराष्ट्रमन्त्री भारतमा रहने अवधिमा श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीका रूपमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नेछन्।

















