Dhulikhel Eco Banner new

४९९ किलो गाँजा सहित एक जना पक्राउ

1.18K
shares

काठमाडौं, ६ मंसिर । सुनसरी धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट गएराति ४९९ किलोग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साह रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

गोप्य सूचनाका अधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तिनकुने धरानबाट खटिएको संयुक्त प्रहरीको टोलीले बिआर ११ वाई ११३९ नम्वरको स्कार्पियो गाडीलाई चेकजाच गर्दा ४९९ किलो लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएको उनले बताए ।

गाँजा जस्तो देखिने पदार्थ सवारीबाट बरामद भएपछि स्कार्पियो र चालक साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

बरामद भएको सवारी, गाँजा र चालकको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।