Dhulikhel Eco Banner new

८७३ अंकले घट्यो शेयर बजार

7.18K
shares

काठमाडौं, ३१ असार । चालू आर्थिक वर्षको अन्तिम समयमा दुई हजारभन्दा ओरोलो लागेको शेयर बजार आर्थिक वर्षको अन्तिम कारोबारमा भने केही सुधार आएर २ हजार माथि पुगेको छ । चालू आर्थिक वर्षभरमा शेयर बजार ८७३ अंकले घटेर २००९.४६ विन्दुमा पुगेर आर्थिक वर्षलाई बिदा गर्‍यो । नयाँ आर्थिक वर्षका भने सो अंकबाट शेयर बजार अगाडि बढ्ने छ ।

आर्थिक वर्षको अवधिमा शेयर बजार ८७३.९२ अंकको गिरावट आएको छ । चालू आर्थिक वर्षको सुरुवात गर्दा शेयर बजार परिसूचक २८८३.३८ बिन्दुमा रहेको थियो । चालू आर्थिक वर्षमा बजार निकै अस्थिर देखियो । शेयर बजारले भदौ २ गते नयाँ रेकर्ड कायम गरेको थियो । त्यो दिन बजार ३१९८.६ बिन्दुमा पुगेको थियो । त्यस पछि शेयर बजार लगातार रुपमा ओरोलो लागेको थियो ।

चालू आर्थिक वर्षमा बढेको अवस्थामा धेरै लगानीकर्ताले कमाए पनि । आर्थिक वर्षको अन्तिममा आएर भने लगानीकर्ताहरुले शेयर बजारबाट गुमाए । आर्थिक वर्षको अन्तिम दिन शुक्रबार भने ७.९३ अंकले बढेको थियो ।