उपसभामुखमा भुसाल निर्वाचित
वि.सं.२०७९ असार ३१ शुक्रवार १७:३०
5.73K
shares
shares

काठमाडौं, ३१ असार । प्रतिनिधि सभाले नयाँ उपसभामुख पाएको छ । शुक्रबार भएको मतदानबाट नपाली कांग्रेसी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् ।
शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १४८ मत प्राप्त गरिने भने उनको प्रतिपस्र्धी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन । एक जना भने तटस्थ बसेका थिए ।
उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

















