Dhulikhel Eco Banner new

श्रीलङ्कामा कति लोकप्रिय छन् रनिल विक्रमसिङ्घे ?

6.07K
shares

काठमाडौं ३१ असार । श्रीलङ्कामा कार्यवहाक राष्ट्रपतिका रुपमा अहिले रनिल विक्रमसिङ्घेले जिम्मेवारी पाएका छन् । उनी श्रीलङ्कामा सुरुको समयमा निकै लोकप्रिय रहेका थिए । विक्रमसिङ्घे पार्टीका भ्रष्ट सदस्यहरूलाई हटाउने उद्देश्यले अनुशासन आयोग गठन गरेका थिए ।

त्यसबाट उनको पार्टीको छवि सुधार भएको थियो । आफूलाई आकर्षक देखाउन उनले विभिन्न शैलीमा कपाल काट्ने गरेका थिए । उनले गाउँगाउँमा पुगेर आफ्नो दलप्रतिको जनसमर्थनलाई फराकिलो बनाउने प्रयास गरे । उनी राजपक्ष परिवारसँगको निकटताका कारण अहिले उनी निकै अलोकप्रिय बन्न पुगे ।

सामान्य परिस्थितिमा राष्ट्रपति निर्वाचित हुनको लागि उनी सशक्त दाबेदार मानिन्थे, तर समयसँगै उनको लोकप्रियता कम हुँदै गयो । सन् २०१९ को ईस्टर सन्डेमा घातक बम विस्फोट हुँदा उनी प्रधानमन्त्री थिए । उक्त घटनामा कम्तीमा २५० जनाको ज्यान गएको थियो ।

त्यो आक्रमण हुनुअघि गुप्तचर निकायले दिएका चेतावनीबारे आफूलाई थाहा नभएको र सूचना पाउने अधिकारीको सूचीमा आफूलाई समावेश नगरिएको उनले बीबीसीलाई बताएका थिए । कुनै समय देशमा शासन गर्ने उनको दल गत संसदीय निर्वाचनमा एउटा स्थानमा मात्र सीमित भयो ।

उनको पार्टीबाट उनी मात्र निर्वाचित भए । त्यसैले विपक्षीहरूले उनी कुनै कार्यकारी पदका लागि योग्य भएको दाबी गरेका हुन् । धेरै मानिसले सन् २०१५ मा राजपक्ष परिवारले शक्ति गुमाउँदा विक्रमसिङ्घेले सहयोग गरेको ठानेका छन् ।

गत शनिवार हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीका सरकारी निवासमा प्रवेश गरेपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । कार्यवाहक राष्ट्रपति बनेपछि विक्रमसिङ्घेले गरेको पहिलो काम देशमा सङ्कटकाल घोषणा हो । उनी आफूलाई नयाँ भूमिकामा स्थापित गर्ने प्रयासमा देखिएका छन् ।

बुधवार टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले प्रदर्शनकारीहरूलाई “फासीवादी”को सङ्ज्ञा दिए । शनिवार भएको प्रदर्शनको क्रममा विक्रमसिङ्घेको निजी निवासमा आगो लगाइएको थियो । त्यतिबेला उनी र उनको परिवार घरमा थिएनन् । उनले सेना र प्रहरी प्रमुखहरूको नेतृत्वमा गठित एउटा नयाँ समितिलाई सुव्यवस्था पुनर्स्थापना गर्न ‘आवश्यक काम गर्न’ निर्देशन दिएका छन् ।

प्रदर्शनकारीहरू उनलाई राजपक्ष निकटस्थ मान्छन् र उनी पनि पदच्युत भएको हेर्न चाहन्छन् । अहिले श्रीलङ्कालीहरू यति आन्दोलित छन् कि विक्रमसिङ्घेले गर्न खोजेको कामका लागि कस्तो उपाय आवश्यक हुन्छ अनि त्यो काम गर्न उनी उपयुक्त पात्र हुन् कि हैनन् भन्ने स्पष्ट छैन । बीबीसी

 

Follow Up

श्रीलङ्काको कार्यवाहक राष्ट्रपति बनेका रनिल विक्रमसिङ्घे को हुन ?

श्रीलङ्काको कार्यवाहक राष्ट्रपति बनेका रनिल विक्रमसिङ्घे को हुन ?