प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता
वि.सं.२०७९ असार ३२ शनिवार २२:१२
shares

काठमाडौं,३२ असार । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच एक आपसमा मर्जरमा जानको लागि असार ३२ गते शनिबार सुरुवाती सम्झौता भएको हो ।
दुई इन्स्योरेन्सबीच १००ः७० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको भएको छ । यससँगै अजोड इन्स्योरेन्सको १०० कित्ता शेयर हुनेले प्रभु इन्स्योरेन्सको ७० कित्ता शेयर पाउने छन् । मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स नै हुने छ ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि प्रभुकै सञ्चित बज्राचार्य हुने छन् भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ बन्ने छन् । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ छ । मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ ।


















