Dhulikhel Eco Banner new

गभर्नरविरुद्ध बालुवाटारमा विद्यार्थी संगठनको प्रदर्शन

5.59K
shares

काठमाडौं, १ साउन । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्याथी संगठनहरुले आइतबार बालुवाटारमा प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आइतबार केन्द्रीय बैंक अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

दुई विद्यार्थी संगठनले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ना थालेपछि प्रहरीले बल प्रयोग गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

एमालेको अर्थ विभागको सदस्यमा नाम रहेको भन्दै गर्भनर अधिकारीको विरोध भइरहेको छ । गभर्नर अधिकारीले राजिनामा दिनुपर्ने भन्दै विद्यार्थी, लगानीकर्ता लगायत क्षेत्रमा सरोकारवालाले विरोध गरिरहेका छन् ।