मौद्रिक नीति पछि बजारमा हरियाली, नेप्से परिसूचक ६१ अंकभन्दा बढीले बढ्यो
वि.सं.२०७९ साउन ८ आइतवार १५:२०
shares
काठमाडौं, ८ साउन । शेयर बजार परिसूचक मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो कारोबारमा ६० अंकभन्दा बढीले बढेको छ । शेयर कारोबार हुने हप्ताको पहिलो दिन आइतबार बजार ६१ दशमलव ०५ अंकले बढेको हो ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक हुने दिनमा राताम्य भएको बजार आइतबार भने सुधार भएर २०७८ दशमलव ५१ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा ३ दशमलव ०३ प्रतिशतले बढी हो ।
आइतबार २१९ कम्पनीका ६४ लाख २३ हजार १४६ कित्ता शेयर कारोबार बाट २ अर्ब ७३ करोड ९२ लाख ७ हजार २९७ रुपैयाँको कारोबार भएको छ । आइतबार ४२ हजार ९३० कारोबारबाट उक्त रकम बराबरको कारोबार भएको हो ।
त्यस्तै आइतबार क वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ०९ अंकले बढेर ३९८ दशमलव ३३ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा ३ दशमलव १३ प्रतिशतले बढी हो ।

















