Dhulikhel Eco Banner new

पाँचथर पावर कम्पनीको नाफा तीन सय प्रतिशतले बढ्यो

4.71K
shares

काठमाडौं, १७ साउन । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ३०० प्रतिशतभन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले असार मसान्तसम्म १६ करोड १० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको हो । यो अघिल्लो आर्थिक वर्षकोभन्दा ३२८.६७ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ३ करोड ७५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । कम्पनीको एक आर्थिक वर्षमा विद्युत बिक्री आम्दानी २६.४९ प्रतिशत बढेर ४० करोड ३० लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको कुल नाफा ३७.६८ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४२९.६३ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ५ पैसा रहेको छ ।