Dhulikhel Eco Banner new

मनराशिसवा नगरपालिकाले गर्यो २३ शिक्षकको माग, १२ पास गरेकाले पनि आवेदन दिन पाउने

5.76K
shares

काठमाडौं, २५ साउन । महोत्तरीको मनराशिसवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले कर्मचारी माग गरेको छ ।

कार्यालयले नगर शिक्षक पदमा २३ जना गरी २६ पदमा दरखास्त आह्वान गरेको हो । यस्तै, कार्यालयले कृषि अधिकृत पदमा १ जना, पशु चिकित्सक पदमा १ जना र रोजगार सहायक पदमा १ जनाको माग गरेको छ ।

रोजगार सहायक पदका लागि न्यूनतम योग्यता संस्कृत विषयमा स्नातक गरेको वा शास्त्री वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, रोजगार सहायक पदमा भने प्रवीणता प्रमाणपत्र तह ९कक्षा १२० उत्तीर्ण भएकाले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इक्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त कार्यालयमा दरखास्त दिनु हुन अनुरोध गरेको छ ।