Dhulikhel Eco Banner new

वेलायत श्रमिक पठाउने विषयमा सम्झौता हुँदै

4.11K
shares

काठमाडौं, १ भदौ । नेपाल र बेलायतबीच स्वाथ्य जनशक्ति पठाउने विषयमा समजदारी पत्रमा हस्ताक्षर हुने भएको छ । आगामी सोमबार दुई देशबीचमा सम्झौता हुन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतले नेपाली स्वस्थ्य जनशक्ति लिने विषयमा लामो समयदेखि पहल भइरहेको र अब सम्झौता नै गरेर श्रमिक पठाउने विषयमा सम्झौता नै हुन लागेको मन्त्रालयका प्रवक्ता डुन्डुराज घिमिरेले जानकारी दिए । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो । सोही अनुसार अहिले सम्झौता गरेर नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन लागिएको मन्त्रालयले जनाएको छ ।