Dhulikhel Eco Banner new

पिपुल्स पावरको आईपीओमा १० लाखले दिए आवेदन

5.95K
shares

काठमाडौं, २ भदौ । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार आज साँझसम्ममा १० लाख ६७ हजार १८० जनाले १ करोड २२ लाख ६४ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.५७ गुणा बढी आवेदन हो । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा भदौ ५ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ १४ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।