Dhulikhel Eco Banner new

डिजी पे र स्टार हस्पिटलबीच विशेष छुटको सम्झौता

4.64K
shares

काठमाडौं, ३ भदौ । डिजी पे प्रा.लि र स्टार हस्पिटल बीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८२५ को दुइवटा १,६५० बराबर ओ.पी.डी. टिकट निशुल्क पाउने छन् साथै बेड तथा स्वास्थ्य परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट पाउनेछन् ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।