Dhulikhel Eco Banner new

माओवादीले आज पनि पदाधिकारी टुङ्ग्याउन सकेन

4.42K
shares

काठमाडौं, ३ भदौ । पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको जानकारी दिए । पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी रहेको प्रवक्ता महाराको भनाइ छ ।

यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उनले बताए । बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विषयमा पनि छलफल भएको महराले जानकारी दिए ।