हिमस्टार उर्जा कम्पनीको भदौ २८ गते साधारणसभा, के के छन् प्रस्ताव ?
वि.सं.२०७९ भदौ ६ सोमवार १२:३७
4.38K
shares
shares

काठमाडौं, ६ भदौं । हिमस्टार उर्जा कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा भदौ २८ गते गर्ने भएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले कम्पनीको अधिकृत ,जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको ठेगाना परिवर्तन लगायतका वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


















