Dhulikhel Eco Banner new

जीप दुर्घटना हुँदा ९ जना घाइते

4.93K
shares

काठमाडौं, ६ भदौ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । गाडीमा चालक सहित १४ जना सवार थिए ।