Dhulikhel Eco Banner new

खप्तड लघुवित्तको आईपीओमा दुई दिनमै करिब ७० गुणा बढी आवेदन

4.94K
shares

काठमाडौं, ९ भदौ । खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेका आईपीओमा ७९ गुणा भन्दा बढी आवेदन परेको छ । हिजो अर्थात भदौ ८ गतेबाट निष्काशा गरेको आईपीआोमा हिजो ३५ गुणा बढी आवेदन परेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ः५ बजेसम्ममा ८ लाख ७१ हजार २५५ जना आवेदक बाट ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको ९८ लाख ४ हजार ३०० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणलाई छुट्टाएको लाख २३ हजार ४०० कित्ता शेयरको ७९.७८ गुणा बढी हुन आउछ ।

लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०.५ प्रतिशत आर्थत २ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने १ लाख २३ हजार ४०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार ३२० कित्ता अर्थात एक लाख ३२ हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले भदौ १२ गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।