Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य

4.08K
shares

काठमाडौं, २१ भदौं ।आज बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय २५ रुपैयाँ कायम भएको छ ।

सोमवारका दिन नेपाली बजारमासुन प्रतितोला १ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको थियो ।