३०० जना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४ सय
वि.सं.२०७९ भदौ २१ मंगलवार १६:५१
4.71K
shares
shares

काठमाडौं, २१ भदौ । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।
योसँगै कोरोना भाइरसका देशभरको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।


















